काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोपमा निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गरेको आधारमा उनिहरुविरुद्ध पक्राउ पुर्जि जारि भएको हो । प्रहरी स्रोतकाअनुसार उनीहरुको खोजी कार्य जारी छ ।
निर्माता बस्नेत र श्रेष्ठले दिएको जाहेरीका आधारमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार दरबारमार्गबाट पक्राउ परिसकेका छन् । अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति पनि दिइसकेको छ ।