काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले देशका बेरोजगारहरुलाई भत्ता नभएर रोजगार दिनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता समेत रहेका नेपालले भने, “सरकारले देशका युवाहरुलाई बेरोजगार भत्ता दिदाँ परनिर्भता बढ्छ, त्यसैले भत्ता नभई रोजगारी दिनुपर्छ ।”
बेराजगार भत्ता दिने सरकारी योजनाले क्षणिक रुपमा युवाहरुलाई आर्कषण गरेपनि भविष्यमा त्यसले नराम्रो प्रभाव पार्ने उनको दाबी छ ।
देशमा नै रोजगारी सिर्जना गर्न र युवाहरुलाई स्वरोजगार बनाउने खालको शिक्षा प्रणाली नै नभएकाले त्यसलाई परिमार्जित गर्दै जिवन उपयोगी शिक्षा बनाउनु पर्नेमा जोड समेत दिए।
“स्वरोजगार बन्नका लागि युवाहरुमा जाँगर र आत्मविस्वासको खाँचो हुन्छ नेता नेपालले भने, आयमुलक शिप सिक्दै आत्मविस्वासका उद्यममा लाग्न म युवाहरुलाइ आग्रह गर्न चाहन्छु ।”