काठमाडौं । मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको उनको सचिवालयले सुचना जारी गरी जानकारी दिएको छ ।
सूचना अनुसार अर्को बैठक अध्यक्ष तिमिल्सिनाले तोकेको मितिमा बस्नेछ ।
‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सूचनामा उल्लेख छ ।