नेता प्रभु साहकी पत्नी रिनाकुमारीको मेयर पद चैट


काठमाडौँ । आम जनता पार्टीका नेता प्रभु साहकी पत्नी रिनाकुमारी साहको मेयर पद गएको छ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारीको पद गएको हो । आज निर्वाचन आयोगले एक सूचना जारी गर्दै नगरप्रमुख साहको पद गएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भए पनि उनले उक्त दल त्याग गरी आम जनता पार्टीको सदस्यता लिएपछि उनको नगरप्रमुखको पद गएको आयोगले जनाएको छ ।

आयोगद्धारा जारि सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार