यस कारण गैरआवसीय नेपाली संघको सह-कोषाध्यक्ष पदमा मुक्तदाको उम्मेदवारी


काठमाडौं । यतिबेला काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ११ औ महाधिवेशन चलिरहेको  छ । महाधिवेशनको एक भव्य समारोहकाबीच असोज ३० गते काठमाडौंको सोल्टी होटलमा उद्घाटन गरिएको थियो ।

नयाँ नेतृत्व चयन गरी सम्पन्न हुने महाधिवेशनमा चार जनाले अध्यक्षको उम्मेदवारी दिएका छन् । उक्त महाधिवेशनमा लामो समयदेखि कतारमा बस्दै आएका मोहम्मद मुक्तदा मुसलमानले पनि सह-कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । विदेशमा बसेर काम गरिरहेका र समस्या परेका नेपालीहरुलाई लामो समयदेखि सहयोग गर्दै आएका मुक्तदाले आफुले उक्त पदमा विजयी भएपछि गर्ने भनेर केही प्रतिबद्धा समेत व्यक्त गरेका छन् ।

उनले विगत १४ वर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । साथै उनले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिवालय सदस्य, सल्लाहकार हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसको छन् ।

मुक्तदा हाम्रो अभियान, समावेशी एनआरएन भन्ने नारालाई आगाडी सारेर चुनावी मैदानमा होमीएका छन् । उनले आफुले गैर आवासीय नेपाली संघलाई थप समावेशी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबै मतदातालाई उनले आफ्नो अमूल्य भोट दिएर बिजयी गराउन अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार