वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघद्धारा मृर्गौला पीडित राहत कोष स्थापना, दुई परिवारलाई सहयोग


काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यसायी महासंघ (FEONA) ले ‘(FEONA) वैदेशिक रोजगार मिगौंला पीडित राहत कोष’ स्थापना गरेको छ । महासंघले वैदेशिक रोजगारमा गई मिर्गौला पीडित भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि उक्त कोष स्थापना गरेको हो ।

कोषको बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच वैदेशिक रोजगरा व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले उद्घाटन गरेका छन् । उद्घाटनकै दिन महासंघले वैदेशिक रोजगारमा गई मिर्गौला पीडित भएका दुई परिवारलाई सहयोग रकम उपलब्ध गराएको छ ।

मृर्गौला पीडित काभ्रेका मुना थापा र काठमाडौंका हरि लामालाई अध्यक्ष भण्डारीले जनही १७ हजार ५ सयका दरले दुई जनालाई ३५ हजार रकम हस्तान्तरण गरिएको छ ।

कोष स्थापना भएकै दिन डेढ लाख रकम संकलन भएको र उक्त रकम पीडितको अवस्था बुझेर सहयोग गर्ने नेपाल वैदेशिक रोजगार व्यसायी महासंघ (FEONA) का अध्यक्ष राजाराम गौतमले अनमोल पोष्टलाई जानकारी दिएका छन् ।

उनले धेरै नेपाली दाजुभाई दिदीबहिनीहरु विदेशमा काम गर्न  जाने र थुपै रोगको सिकार भएर फर्किने र नेपालमा उपचार नपाएर समस्या भइरहेको बेला आफुहरुले थोरै भएपनि सहयोग पुग्ने उदेश्यले कोषको स्थापना गरिएको बताएका छन् ।

वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संग संगठनले पनि कोष स्थापना भएकोमा खुसि व्यक्त गर्दै, कोषलाई बलियो बनाउन आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कोषको अध्यक्ष पनि महासंघका अध्यक्ष राजाराम गौतम नै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार