चीनको अस्पतालमा रहेका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधार उन्मुख

काठमाडौँ । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । चीन भ्रमणका क्रममा कात्तिक १ गते हृदयघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पताल भर्ना भएका उनको स्वास्थयमा सुधार आउन लागेको हो ।

गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएअनुसार उनि आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेका छन् । हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको र अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।

गृहमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । चीन सरकारले गृहमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन गृहमन्त्री श्रेष्ठ बेइजिङ पुगेका बेला एक्कासी स्वास्थ्यमा समस्या आएको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार