इजरायल र अमेरिकालाई इरानको चेतावनी, नतिजा गम्भिर हुन सक्छ


काठमाडौँ । इजरायल र प्यालेस्टाइन युद्धमा अमेरिका र इरानको गतिविधिले अवस्था झन बिग्रदै गएको देखिन्छ । अमेरिकाले इजरायल र इरानले प्यालेस्टाइनको सर्मथन गरेर अराजक र उत्तेजक अभिव्यक्ती दिइरहेका कारण अवस्था झन बिग्रीदै गइरहेको हो । पछिल्लो समय अमेरिकाका राष्ट्रपति जो वाइडेनले युद्धग्रस्त इजरायलको भ्रमण गरिसकेपछि इरान थप आक्रामक भएको छ ।

यसैबीच, इजरायल र प्यालेस्टाइन युद्धलाई लिएर इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले चेतावनी दिएका छन् ।
उनले एक पत्रकार सम्मेलनको आयोजना गरी इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका हुन् ।

उनले चेतावनी दिदै भनेका छन्, म अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि हुन सक्छ । युद्धको वकालत गर्नेहरू दुबैका लागि नतिजा गम्भीर, तीतोु हुन सक्छ र दूरगामी असर हुन सक्छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना मानिसहरू आफ्नो जीवनको लागि लडाइँमा रहेका सेनाहरूलाई हमास विरुद्धको युद्ध गर वा मरको अवस्थामा रहेको बताएको केही घण्टापछि इरानले यस्तो चेतावनी दिएको हो ।

इरानी विदेशमन्त्री अब्दुल्लाहियानले प्यालेस्टाइन र इजरायलको युद्धमा अमेरिकाले इजरायललाई सैन्य समर्थन गरेर गल्ती गरिरहेको समेत बताएका छन् ।

यता, अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले पनि हेजबुल्लाह वा हमास जस्ता इरानी प्रोक्सीहरूबाट युद्ध बढ्ने सम्भावना रहेको बताएका थिए।

इजरायली प्रधानमन्त्री नेतन्याहूले लेबनानको सिमाना उत्तरी इजरायलको भ्रमण गर्दै इरानी विद्रोही समुह हिजबुल्लाहलाई युद्धमा नआउन चेतावनी दिएका छन्। उनले हिजबुल्लाहले युद्धमा आएर आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरिरहेको बताए ।

हिजबुल्लाहले इजरायलविरुद्ध लड्न प्यालेस्टाइनलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको घोषणा गरिसकेको छ। इरानले दुई साताअघि इजरायलमा आक्रमण गर्ने हमास र लेबनानको हिजबुल्लाह दुवैलाई समर्थन गरेको छ ।

यस कारण पनि प्यालेस्टाइन र इजरायलको युद्ध अझै भयानक हुने देखिन्छ । युद्धले अन्य देशहरुका तनाव बढ्न नदिन कैयौं मानवतावादी संघ संस्थाहरुले प्यालेस्टाइन र इजराइललाई शान्तिका लागि वार्तामा बस्न आग्रह गरिरहेका छन् । युद्धमा घोर मानवअधिकार उलंघनका घटनाहरु समेत बढिरहेकाले थप चिन्ता ब्यक्त भइरहेका छन् ।

हमासले युद्धको नियम उलंघन गर्दै इजरायलको एउटा गाउँमा चाड मनाइरहेका बेला आक्रमण गर्दा सयौंको मृत्यु भयो भने केहिदिन अघि मात्रै गाजाको एउटा अस्पतालमा भएको आक्रमणमा करिब ६ सय मानिसहरुको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार