काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । चीन गएका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ आज पाँच दिनको उपचारपछि डिस्चार्ज भएका हुन् । उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने तालीका रहेको उनको सचिवालयले जनाएको छ।
गृहमन्त्री श्रेष्ठ बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला एक्कासी हृदयाघात भएर बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका थिए।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार ब्यवक्त गरेका छन् ।
गृहमन्त्री श्रेष्ठको उपचारमा चीन सरकारले उच्च प्राथमिकता दिदै चिनियां समकक्षी लगायत चिनियांहरुले अस्पतालमा भेटघाट गरेर स्वास्थ्यबारे जानकारी लिएका थिए ।