काठमाडौं । इजरायल र प्यालेस्टायनबीचको युद्ध जारि छ । दुबै देशबीचको युद्ध भइरहेको १८ दिन बित्नै लाग्दा पनि त्यहाँका जनताको अवस्था झन दयनिय बन्दै गइरहेको छ । दबै देश बिचको युद्धले विश्व नै चिन्तित छ । युद्धलाई शान्तिमा परिणत गर्नका लागि अन्य देशहरुले भुमिका खेल्नुको साटो अवस्था झन चर्काउने गरि युद्धको आगोमा घिउ थप्ने काम गरिरहेका देखिन्छन् ।
गाजाको एक अस्पतालमा बम खसालेर करिब ६ सय नागरिकको मृत्यु भएको घटनालाई लिएर अमेरिकाका राष्ट्रपति जो वाइडेनले इजरायलको बचाउ गरे । उनले इजरायलमै पुगेर उक्त घटनामा इजरायलको कुनै संलग्नता नरहेको भन्ने अभिब्यक्ति दिए ।
वाइडेनको उक्त अभिब्यक्तिले प्यालेस्टाइन र उसको पक्षमा रहेका इरान लगायतका देशहरु चिडिएका छन् । गाजाको अस्पतालमा भएको आक्रमणको आधिकारीक पुष्टी नहुँदै अमेरिकाले त्यस्तो एकपक्षिय अभिब्यक्ति दिनु नहुने जानकारहरु बताउँछन् ।
त्यस्तै इरानले युद्धमा प्यालेस्टाइनको पक्षमा रहेको र आफ्नो गुरिल्ला समुह हिजबुल्ला त्यसका लागि तयार रहेको बताउँदै आएको छ र उसले इजरायल माथि आक्रमण पनि गरिहेका खबरहरु आइरहेका छन् ।
यसैबीच टर्की देश पनि इजरायल र प्यालेस्टाइनको युद्धमा अघि सर्दै विद्रोही समुह हमासको पक्षधर बनेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको एक ‘मुक्ति समूह’ भन्दै संसदमा अभिब्यक्ती दिएका छन् ।
हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायत लगायतका देशहरुले आतंककारी समूह भनिरहेका बेला टर्की राष्ट्रपतिले खुलेर संसदमा हमासको पक्ष लिनुलाई इजरायल र प्यालेस्टाइन युद्धको आगामी दृष्य झन भयानक देखिन्छ ।
टर्कीका राष्ट्रपति एर्डोगानले त्यती मात्रै भनेन् उनले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताए ।
हुन त टर्की र इजरायलबीच तिक्ततापुर्ण सम्बन्ध छ । गत महिना मात्रै न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हात मिलाएर कुराकानी गरेका खबरहरु आएका थिए । जसले सम्बन्ध सुधारको संकेत गरेको थियो । तर राष्ट्रपति उर्डोगानले इजरायली प्रधानमन्त्री नेतान्याहुसंग हात मिलाएकोमा पश्चताप गर्दै त्यसको फाइदा इजरायलले लिन खोजेको आरोप समेत लगाएका छन ।
यसरी इजरायल र प्यालेस्टाइनबीचको युद्धमा विश्व शक्ति राष्ट्र अमेरिका लगायत अरब देशहरु पक्ष र विपक्षमा उभिदा यसले विश्वको राजनीतिलाई नै प्रभावित गर्ने देखिन्छ । कतिपय विश्लेषकहरुले यसलाई तेस्रो विश्वयुद्धको संकेतका रुपमा पनि व्याख्या गरिरहेका छन् ।