काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । आज पुल्चोकस्थित श्रेष्ठको मन्त्री क्वाटर पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना पनि गरेको श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
भेटका अवसरमा प्रधानमन्त्री र गृहमन्त्रीबीच समसामयिक विषयमा समेत छलफल भएको गृहमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठ चीनको भ्रमणमा रहेका बेला यही कात्तिक १ गते हृदयाघात भइ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । अस्पतालमा पाँच दिन उपचारपछि डिस्चार्ज भएर उनि आज स्वदेश फर्किएका थिए ।