पूर्वराजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई अध्यक्ष लिङ्देनको चुनौती


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।

आज अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका हुन् ।

अध्यक्ष लिङ्देनले पूर्वराजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको कुनै कारण नरहेको पनि बताए । जनताले गणतन्त्र मागेपछि पूर्वराजा शाहले हाँसीहाँसी नारायणहिटी छोडेर आम नागरिक सरह नेपाल मै बसेको पनि उनले उल्लेख गरे ।

उनले आफुलाई परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले पूर्वराजाको अघि राम्रो गरेर देखाइ दिन पनि आग्रह गरे । राप्रपाका संघीय सांसद पनि रहेका लिङ्देनले तिहार र छठ लगतै दबावमुलुक कार्यक्रम गर्ने पनि बताए।

उनि पार्टीसम्वद्ध प्रवासी नेपाली एकता समाजअमेरिकाको तेस्रो अधिवेशनमा भाग लिन त्यसतर्फ गएका हुन् । लिङ्देन संगै सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारी पनि अमेरिका प्रस्थान गरेका छन् । अध्यक्ष लिङ्देन २१ गते नेपाल फर्किने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार