काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज उनिहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे महत्वपुर्ण छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटघाटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासचिव एन्टोनियो कात्तिक १२ गते नेपाल आउदै छन् र उनले १४ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रचण्डर ओलीबीच यसअघि गत असोज २० गते पनि छलफल थियो ।