मुम्बई । विश्वकै धनीहरुको लिष्टमा रहेका भारतीय अर्वपती मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग्दै नतिरेको खण्डमा ज्यान मार्ने धम्की आएको हो । उनलाई एक इमेलमार्फत पैसा माग्दै ज्यान मार्ने धम्की आएको मुम्बई पुलिसले जनाएको छ ।
अम्बानीलाई अंग्रेजी भाषामा इमेलमा ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ भनिएको छ। मुम्बई पुलिसकाअनुसार यो धम्कीपुर्ण इमेल २७ अक्टोबरमा शादाब खान नाम गरेका व्यक्तिले पठाएका थिए । इमेल आएपछि अम्बानीले प्रहरीमा त्यु अज्ञात ब्यक्ति उपरउजुरी दर्ता गराएका छन् ।
भारतीय संचारमाध्यमकाअनुसार भारतीय अर्वपति अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । यहिबर्ष जनवरी महिनामा गत वर्ष अक्टोबर महिनामा अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएका थिए । धम्की दिनेमध्ये बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।
अम्बानी र उनको परिवारलाई निरन्तर ज्यान मार्ने धम्की आउन थालेपछि भारतको केन्द्रिय गृह मन्त्रालयले उनको सुरक्षा सतर्कता बढाएको थियो । उनको सुरक्षामा आउने खर्च अम्बानी आफैले प्रत्येक महिनाको ४० देखि ४५ लाख भारतीय रुपैंया तिर्छन् ।