संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज


काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । आज साँझ उनले महासचिव गुटरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका हुन् ।
रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका शिर्ष नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटेरेस चारदिने नेपाल भ्रमणमा गएराती काठमाडौँ आएका थिए। महासचिव गेटेरेसले आज प्रधानमन्त्रीसहित राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता केपी ओली लगायतसँग औपचारिक भेटवार्ता गरेका छन् । साथै उनले आजै ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

नेपालभ्रमणका क्रमले उनले लुम्बिनी र अन्नपुर्ण बेसक्यापको भ्रमण गर्ने कार्य तालिका छ । महासचिव गेटेरेसले मंगलबार नेपालको संसदलाई समेत संवोधन गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार