काठमाडौं । चिसोको मौसम बढिसकेको छ । देशको हिमाल र पहाडी क्षेत्रमा चिसो बढिसकेको भए पनि तराई क्षेत्रमा भने साँझ र बिहान चिसोको महसुश भइरहेको छ । चिसोयाममा स्वास्थ्यका लागि खानपीन निकै महत्वपुर्ण मानिन्छ ।
मौसम सुहाउँदो खानपीन भएन भने त्यसले स्वास्थयमा नराम्रो असर पनि पार्दछ । चिसो मौसममा स्वास्थ्यलाई राम्रो बनाइ राख्नका लागि हरिया सागपातहरु निकै महत्वपुर्ण मानिन्छ । त्यसका लागि चिसो मौसममा हरिया सागपातहरु प्रसस्त मात्रामा खानुपर्ने स्वास्थ्कर्मीहरुले पनि सल्लाह दिने गर्दछन् ।
चिसोयाम हरिया सागपातहरुको मौसम पनि भएकाले घरको करेसाबारीमा प्रसस्तै उत्पादन गर्न सकिन्छ । यो समयमा हाम्रो घरको करेसाबारीमा रायो, पालुङ्गो, तोरी, बेथे सागहरु सजिलै उब्जाउन सकिन्छ । यि सागहरुलाई हामीले आफ्नो दैनिक खानामा खायौ भने स्वास्थ्यमा निकै फाइदा गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्ता सागहरु माछा, मासु, अण्डासंग मिसाएर पनि खान सकिन्छ, जसले थप स्वाद दिन्छ ।
हरियो साग खाने गर्नाले हाम्रो छाला पनि चिसोमा सुख्खा हुनबाट बच्छ । रायो, तोरी, बेथे, पालुङ्गोको सागले हाम्रो शरिको तौल पनि कन्ट्रोल गर्ने, कपाल झर्न रोकिने, सुगर नियन्त्रण, शरिरमा आइरनको कमीलाई पुर्ती गर्ने, शरिरमा पानीको कमी हुन नदिने र रोगसंग लड्ने क्षमता पनि बढाउने स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् ।
यसका साथै हरिया सागहरुले हाम्रो शरिरमा विटामिन, मिनरल्स, फाइबर, एंटीऑक्सीडेंट्स लगायत विभिन्न पोषक तत्वहरु दिन्छन् ।