काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसदलाई सम्बोधन गर्ने भएका छन् । भोली दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई उनले संवोधन गर्न लागेका हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा भोली दिउँसो ४ बजेका लागि बैठक ठाकिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि शनिवार राती नेपाल आएका थिए । उनी बुधबार फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।