काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । १६ जना नेपाली सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको हो ।
जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।
भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ । त्यहाँ सयौंको संख्यामा घाइते भएका छन् । घाइतेको उपचारमा पनि समस्या भएको स्थानीय सरकारले बताएको छ ।