जाजरकोट भूकम्पमा मृतक परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार


काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

आइतबार बसेको मन्त्रपरिषद्को बैठकले प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने र घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार