काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ ।
जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडित परिवारलाई राहात दिने उदेश्यले माओवादी केन्द्रले रु. ५० लाख राहत रकम सहयोग गरेको हो ।
आज माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
माओवादी नेताहरुले प्रधानमन्त्री प्रचण्डसंगको भेटमा भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको भन्दै धन्यवाद दिँदै अब राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण समेत गराएका छन् ।
सरकारले भूकम्प प्रभावित क्षेत्रमा गरेको उद्धार र उपचार कार्यको सबैले प्रशंसा गरिरहेका छन् । साथै अब यथाशिर्घ पीडितहरुलाई उचित राहात र पुनःस्थापना कार्यमा सरकारले कार्य गर्ने सुझाव आइरहेका छन् । भूकम्पपीडितहरु चिसो मौसममा खुला आकासमा रात काट्न बाध्य भएकाले सरकारले छिटो छरितो राहात र पुनःस्थापना कार्य गर्नुपर्ने जन गुनासो पनि बढिरहेको छ ।