काठमाडौं । जाजरकोटमा हालै गएको विनासकारी भूकम्पमा परी पीडित भएकाहरुलाई राहात स्वरुप प्रधानमन्त्री सहित सरकारका मन्त्रिहरुले आर्थिक सहयोग गर्ने भएका छन् ।
आज बसैको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितहरुका लागि राहात भन्दै एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री र मन्त्रिहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकाहरुलाई जानकारी दिइन् ।
जाजरकोट र पश्चिम रुकुममा भूकम्प जाँदा सयौं परिवार पीडित बनेका छन् । सरकारले एकद्ध्वार प्रणालीबाट मात्रै राहात दिने भनेपछि राहात वितरणमा केहि ढिलाई हुँदा पीडितहरुले समस्या भोगिरहेको गुनासाहरु पनि आइरहेका छन। यस बिषयमा स्थानिय सरकारलाई छिटो छरितो तथ्याङ संकलन गरेर राहात वितरण गर्न निर्देशन भइसकेको सरकारको भनाई छ ।