रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन,गणतन्त्र आएपछि विकास भयो


रोल्पा। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा आएको लोकतान्त्रिक गणतन्त्रमा रोल्पाको योगदानलाई इतिहासले बिर्सन नसक्ने बताएका छन् ।

आज दिउँसो रोल्पाको थवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई संवोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा आएको राजनीतिक परिर्बतनमा रोल्पाको योगदान इतिहासले बिर्सन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रोल्पा क्रान्तिको आधार इलाका, परिवर्तनको महत्त्वपूर्ण आधार, इतिहास, त्याग र बलिदानको प्रतीक भएको पनि बताए ।

‘रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठुलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले गणतन्त्र आएपछि रोल्पाले विकासमा फड्को मारेको समेत बताए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा रोल्पामा राम्रो प्रगति बताउँदै प्रधानमन्त्री प्रचण्डले यो पर्याप्त नभएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको र थुप्रै भ्रष्टाचारीहरू, भू-माफियाहरू जेलमा गएको बताए ।

जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार