काठमाडौँ । गाजामा जारी इजरायल– ल्यालेस्टाइन तत्काल युद्ध रोक्नका लागि संयुक्त राष्ट्र संघको महासभामा मतदान भएको छ । मतदानमा बहुमत देशहरुले गाजामा तत्काल युद्धविरामको माग गरेका छन् । युद्धविराम गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको प्रस्तावमा तत्काल मानवीय युद्धविराम, सबै बन्धकलाई बिनाशर्त तत्काल रिहा गर्न र मानवीय पहुँच सुनिश्चित गर्न माग समेत गरिएको छ ।
मतदानमा युद्धविराम हुनुपर्छ भनेर नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १५३ मुलुकले मतदान गरेका छन् भने गर्नु हुन्न भन्ने पक्षमा इजरायल, अमेरिका, अस्ट्रियालगायतका १० देशले मतदान गरेका छन् । त्यस्तै अर्जेन्टिना, युक्रेन, जमर्नी, बेलायतलगायतका २३ देश भने मतदानमै भाग लिएनन्।
इजरायल र हमासबीच गत अक्टोबर ७ यता लगातार भिषण युद्ध जारी छ । अन्तराष्ट्रि दवावपछि केहिदिन अघि ६ दिनकालागि युद्ध विराम भए पनि फेरि चर्किएको छ । उक्त युद्धविराममा हमासले आफ्नो बन्धकमा रहेका विभिन्न देशका १०० नागरिकहरुलाई रिहा गरेको थियो त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको थियो।
अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक रहेका छन् ।
युद्धमा दुबै पक्षका सयौं नागरिकहरुले ज्यान गुमाएका छन् भने हजारौं घरवारविहिन भएका छन् । इजरायलले गाजाका आक्रमण केन्द्रित गरिरहेकाले त्यहाँको जनजिवन निकै दयनिय बन्दै गइरहेको छ ।