प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दैछन्। सरकारले आफुसंग विगतमा पटक–पटक गरेको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनि आज बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

डा। केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र औषधिहरु सबै निःशुल्क पाइने सुनिश्चित गर्ने लगायतका मागहरु राखेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनेस चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनेस जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने लगायतका माग अगाडी सारेका छन् ।

यस्तै उनले एक सय शय्या भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम सुरु विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्नेस ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग पनि राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार