७ महिना जेल अनुभव लिएर आए पूर्व गृहमन्त्री खाँण


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल अनुभव बटुलेर रिहा भएका छन् । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनि आज साँझ रिहा भएका हुन्।

खाँणले जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो।

अदालतमा ३० धरौटी बुझाएका खाँणलाई सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यस्तै अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेपछि उनि रिहा भएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि उनि वैशाख २७ गते पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार