‘एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी योजना निर्माण गर्छु’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी योजना निर्माण गर्ने बताएका छन् ।
आज दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले आफ्नो एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी योजना निर्माण गर्ने बताएका हुन् । उनले सरकारको नेतृत्व गरेको पुसदश गते एक बर्ष पुग्दैछ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरुको कार्यगत अवस्थाका बारेमा आफुले अपडेट लिने गरेको बताए । कार्यकाल एक वर्ष पुगेको अवसरमा आफुले क्यालेण्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने योजना बनाएको समेतउनले बताए ।

आफ्नो नेतृत्वका् सरकारले जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाई थियो ।

बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि बताए । देशको कृषि क्षेत्रलाई विकासको मुल आधार बनाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सके मात्रै देश समृद्धिको मुल बाटोमा अघि बढ्न सक्ने बताए । देशमा रहेको जलविद्युत र उद्योग पनि समृद्धिका प्रमुख आधार भएको उनले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषी मल स्वदेशमै उत्पादन गर्नेतर्फ सरकारले काम गरिरहेको र कृषकहरुले कम्पोष्ट मलको पनि अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री डा।बेदुराम भुसालले कृषिका ७ प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए। मन्त्री भुसालले नदी प्रणालीलाई जोडेर सतही सिचाइको प्रबन्ध, उत्पादनशील बिउको प्रबन्ध र किसानहरूलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरणमा जोड, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।

त्यसै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, हरूवा, चरूवा लगायतका समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार