देउवाले भनेः गणतन्त्रलाई कमजोर पार्ने कुरा निस्तेज पार्नुपर्छ


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्नेमा जोड दिएका छन् ।‘सन्त नेता’को नामले परिचित कृष्याप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले विभिन्न आन्दोलत र त्यागबाट जनताले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुराहरु आइरहेकाले त्यसलाई सबैले निस्तेज पार्नुपर्नेमा पनि बताए ।

‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ, त्यसलाई सबैले निस्तेज पार्नुपर्छ’, उनले भने ।

सभापति देउवाले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउन नेता भट्टराईको पनि योगदान रहेको भन्दै चर्चा पनि गरे ।
उनले नेता भट्टराईलाई आफ्नो राजनीतिक जिवनमा कुनैपनि बद्नामीले नछोएको पनि बताए ।

स्व. नेता भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताउँदै सभापति देउवाले उनको विषयमा खोजीनिती हुनुपर्ने बताए । उनले नेता भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने पनि बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार