जहाज खरिदमा कुनै त्रुटि र विवाद हुने काम नगर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिएका छन् ।
आज सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना र प्रगतिका विषयमा जानकारी लिने क्रममा प्रधानमन्त्री प्रचण्डले जहाज खरिद प्रकृयामा कुनै पनि त्रुटि र विवाद हुनेकामनर्गन निर्देशन दिएका हुन् । उनले खरिद प्रकृयालाई पारदर्शी बनाउन मन्त्री र कर्मचारीलाई निर्देशन पनि दिए । प्रधानमन्त्री प्रचण्डले नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेकाले आफ्नो नेतृत्वको सरकार त्यसमा उदाहरणिय बन्नुपर्नेमा जोड दिए ।

उनले कतिपय नीति नियमहरु पर्यटकमैत्री नभएका कारण समस्या भएको भन्दै त्यस्ता नीतिहरुमा सुधार गर्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले जतिसुकै राम्रो काम गरे पनि आलोचनामात्रै गर्ने संस्कृति बढेको प्रति सबै सचेत हुनुपर्ने बताए । राम्रो नदेख्ने रोग बढेको बताउँदै उनले दर्शक–स्रोतामा पनि गालीमा रमाउने प्रवृती बढेको र यसको फाइदा अराजनीतिक शक्तिहरूले लिन खोजेको बताए ।
प्रधानमन्त्री प्रचण्डले जनतामा खाली निरासा र अराजकता फैलाउन परिर्बतनविरोधी शक्ती लागि परेकाले तिनका सबै षडयन्त्रहरु चिर्नुपर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार