काठमाडौं । इजरायलको आक्रमणमा परि २४ घण्टामा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् । बीबीसीले गाजाको स्वास्थ्य मन्त्रालयलाई स्रोत मान्दै उल्लेख गरेअनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो ।
उक्त बम आक्रमणमा शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए ।
इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्ता यता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको बीबीसीले जनाएको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लगायतका क्षेत्रमा आक्रमण गरेका थिए ।
इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताउँदै आउका छन् ।
हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि हालसम्म २१ हजार बढि जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ । युद्धमा इजरायलतर्फ १६० जना सैनिकको ज्यान गएको छ ।