काठमाडौं । सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) पाउन अब केहि सहज हुने भएको छ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।
त्यस्ता ब्यक्तिहरुले लाइसेन्स शीघ्र प्रिन्ट गर्न यहि पुस १५ देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने यातायात व्यवस्था विभागले जनाएको छ।
लाइसेन्सका लागि निवेदकले उक्त वइबसाइटमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लगेर विभागमा जानु पर्ने विभागले जनाएको छ ।
निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागको सूचनामा उल्लेख छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।