गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले आज अधिकारीको गभर्नर हुन योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
रिटमाथि भोलीदेखि प्रारम्भिक सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

कानून अनुसार अधिकारीको योग्यता नपुग्ने भन्दै उनलाई पदमुक्त गर्नुपर्ने माग गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नर हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने योग्यता सम्बन्धी व्यवस्था छ । तर, निवेदकहरुको दावीअनुसार गर्भनर अधिकारीले भारतमा चार्टर्ड एकाउन्टेण्ड पढेको भएपनि अरु कुनै पनि विषयमा स्नातकोत्तर गरेका छैनन् ।
गर्भनर अधिकारी २०७६, चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार