काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। ललितपुरको ग्वार्कोमा आन्दोलित इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।
उक्त घटनामा संलग्न १७ जनालाई प्रहरीले प्रकाउ गरेको हो । अहिले ललितपुरको ग्वार्को क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ ।
मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो। मन्त्रीको गाडीमा तोडफोडसँगै सार्वजनिक बसमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।
अहिले ग्वार्को, बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ।