काठमाडौं । ललितपुरको बालकुमारी घटनाको विरोधमा माइतीघरमा प्रर्दशन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोरिया जान परिक्षामा सहभगी हुन पाउँ भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दै दुइृजना निर्दोष युवाहरुको हत्या भएको भन्दै आज दिउँसो माइतीघरमा युवा अभियन्ताहरूले विरोध प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनमा उत्रिएका युवा अभियन्ता हेमराज थापा, ओम शर्मा, विप्लव खड्का लगायतका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले घटनाको विरोध गर्दै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध चर्का नारावाजी गरेका थिए ।
माइतीघरलाई सरकारले निशेषेधित क्षेत्र घोषणा गरेको भएपनि प्रर्दशनकारी युवाहरुले अवज्ञा गर्दै विरोध गरेका थिए ।
हिजो बालकुमारी भएको घटनामा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका २३ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा देशका विभिन्न ठाउमा प्रर्दशनहरु भइरहेका छन् ।
भिडियो पनि हेरौं