काठमाडौँ । सरकारले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ दिने गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने गर्ने निर्णय गरेको हो ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।
शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।