काठमाडौं। प्रधानमन्त्री प्रचण्डले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन्।
काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताएका हुन् । उनले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएकाले देशको पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डलदे देशले पुर्वाधार निर्माणको क्षेत्रमा प्रगती गर्न राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यकता जोड दिए ।
प्रधानमन्त्रीले आफू इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सकारात्मक भएको समेत बताए ।
प्रधानमन्त्रीले आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी रहेको समेत बताए ।