काठमाडौं । प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्वजनिक गर्दैछ । गत चैत्र १४ र १५ गतेको सवज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्बजनिक गर्न लागेको हो ।
बुधबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको देश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।
प्रश्नपत्र आउट गर्ने बिषयमा सीआईबीले एक अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा प्रहरीकै संलग्नतामा र प्रश्नपत्र किनबेच गरेको थाहा हुन आएको छ ।
प्रश्नप्रत्र आउट गर्ने कार्यमा आठजना प्रहरीहरुको संलग्नता देखिएको पाइएको प्रहरी स्रोतले बताएको छ । उनिहरुलाई पत्रकार सम्मलेलनमार्फत सार्वजनिक गर्न लागिएको हो । प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरेको थियो । स्थगित परीक्षा यही चैत २२ गतेदेखि पुनः सुरु हुदैछ।