एकीकृत समाजवादीले दियो राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई जिम्मा दिएको हो ।

राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको बताइएको छ ।

पार्टीका प्रचार विभागका अनुसार यी तीन नेतालाई राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार