हत्यादेखि बलात्कारसम्मको मुद्धा लागेका ‘लिटिल बुद्ध’ भनिने बम्जन पक्राउ, प्रहरी देखेर दुई तलाबाट हामफाले


काठमाडौँ । हत्यादेखि बलात्कारसम्मको मुद्धा लागेका लिटिल बुद्ध नामले परिचित ‘तपस्वी’ राम बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले आज काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको हो ।

पक्राउ गर्न प्रहरी पुग्दा उनले घरको दोस्रो तलाबाट हाम फालेर भाग्न खोजेको सीआइबीले जनाएको छ। बम्जनलाई पक्राउ गर्न ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिम उनी बस्ने घर हात्तिगौडा पुगेको थियो । हात्तिगौंडामा उनी परिवारसँग बस्दै आएका थिए । बम्जनको निगरानीमा २५ जना प्रहरी परिचालन गरिएको सीआइबीले जनाएको छ । उनलाई अहिले सीआइबीको कार्यालय महाराजगञ्ज राखिएको छ ।

उनीविरुद्ध हत्या, ब्यक्ति बेपत्तार बलात्कार जस्तो गम्भिर आरोपमा सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ । उनले आश्रममा आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले चार बर्षदेखि खोजी गरिरहेको थियो ।

बम्जनले कुनै बेला बाराको हलखोरिया, सिन्धुली, सर्लाहीका विभिन्न जंगलमा तपस्या गरेर आफुलाई लिटिल बुद्ध नामले संसारभर चिनाएका थिए। बम्जनमाथि लागेको आरोपका बिषयमा प्रहरीले उनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार