काठमाडौँ । सरकारी चिकित्सकहरू फेरि आन्दोलित भएका छन् । आफूहरूलाई संघीय सरकारको मातहत राख्नुपर्ने माग गर्दै उनिहरुशुक्रबारदेखि आन्दोलित भएका हुन । आन्दोलित चिकित्सकहरुले अस्पतालका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प राखेर आन्दोलनमा उत्रिएका छन ।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन्। देशभरका सरकारी सरकारी अस्पतालमा चिकित्सकहरुले शुक्रबारदेखि अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको सरकारी चिकित्सक संघले जनाएको छ । तर, हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा सरकारी चिकित्सकले आफ्नो नियमित सेवा नरोक्ने बताएका छन् ।
संघले आफुहरुलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन नगरी संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गर्दै आएका छन् ।