केपी ओली र ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनय गर्दै


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनयमा देखिने भएका छन्।
नेपालीफिल्म ‘नमेटिने घाउ’ मा उनिहरुले अभिनय गर्न लागेका हुन् ।

आइतबार फिल्मको घोषणा कार्यक्रममा निर्माण युनिटले अध्यक्ष ओली र सांसद शाहीको पनि अभिनय रहने जानकारी दिएको हो ।
एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा ओली र शाही के भूमिका रहने भन्नेकुरा निर्माण टिमले खुलाएको छैन् ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, लेखक अधिकारीको पटकथा रहनेछ भने ओम सुनारको संगीत रहनेछ ।

सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारमा रहने फिल्ममा अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।

फिल्म काठमाडौँ, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगन्ज र रौतहटको चन्द्रपुरमा छायाङ्कन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार