‘राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी छोड्दैन्’

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने भएको छ । आगामी फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले आफ्नो दाबी नछोड्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । उनले राष्ट्रियसभा अध्यक्षका बिषयमा आज दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि गम्भिर छलफल हुने बताए । राष्ट्रियसभा अध्यक्षमा काँग्रेसका कृष्ण सिटा्रैलाको चर्चा भइरहेका बेला माओवादीले पनि आफ्नो दावी नछाड्ने बताएको छ ।

माओवादी केन्द्रले फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा गर्न लागेको विधान अधिवेशनका एजेन्डा तय गर्न आज दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने प्रवक्ता सापकोटाले बताए ।

माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ । माओवादीले चार महिने विशेष रूपान्तरण अभियानबारे समीक्षा गर्न २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार