माओवादी छोडे पनि बाबुरामले उच्च सम्मान गर्दै भनेः ‘जनयुद्धप्रति सधैँ गर्वको अनुभूति हुन्छ’

काठमाडौँ । माओवादी पार्टी छोडेर अलग्गै पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनयुद्धको भने उच्च सम्मान गर्दै आफुलाई सधैं जनयुद्धप्रति गर्वको अनुभूति हुने बताएका छन् ।

जनयुद्ध सुरु गरेको दिन फागुन १ को सम्झानामा मनाइने जनयुद्ध दिवसको अवसरमा आज एक शुभकामना दिदैं उनले आफुलाई सधै जनयुद्धप्रति गर्वको अनुभूती हुने बताएका हुन् ।

‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति हुन्छ, उनले शुभकामनामा भनेका छन् ।

उनले जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान प्रकट समेत गरेका छन् ।

‘दोस्रो पटक, बिसौँ शताब्दीको अन्त्य र एक्काइस शताब्दीको सुरु (२०५२ फागुन १ गतेबाट २०६३ मङ्सिर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो’, डा. भट्टराईले भनेका छन्, ‘

२०५२ साल फागुन १ मा तात्कालिन देउवा सरकारलाई ४० बुँदे माग राख्दै प्रचण्ड, बैद्य, डा भट्टराई लगायतका नेताले सशस्त्र युद्धको सुरुवात गरेका थिए ।

‘पहिलोपटक, अठारौंरउन्नाइसौं शताब्दीमा गोरखा राज्य(विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो । दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू ९२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते० सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो’, उनले स्मरण गर्दै भनेका छन् ।

उनले जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य नहुने भन्दै त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहने बताएका छन् ।

उनले जनयुद्ध दिवसमा नयाँ प्रण गर्न समेत डा भट्टराईले आह्वान गरेका छन् ।
‘हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं ! सुशासित,समुन्नत,समाजवादी नायक नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौँ’, उनले भनेका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार