सहकारी समस्याबारे रास्वपाले प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानबारे प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले पार्टी उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले आज प्रधानमन्त्री प्रचण्डलाई नै भेटेर सुझाव दिएको हो । रास्वपाले सुझावमा सहकारीहरुले घरजग्गामा गर्ने लगानी बन्द गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

प्रतिवेदनमा एक वर्षका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्न सुझाव दिइएको छ ।

रास्वपाको सुझावमा ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने पनि भनिएको छ ।

बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र त्यसको सम्पत्ति विक्री लगायतबाट बचत फिर्तालाई प्राथमिकता दिनुपर्ने रास्वपाको सुझाव छ ।

सहकारी समस्याबारे रास्वपाले सरकारलाई सुझाव दिएपनि सभापति रवि लामिछाने विरुद्ध नै सहकारीको रकम हिनामिना गरेको भन्दै पोखरामा उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार