प्रहरी हवल्दारले ड्युटीमा रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या

दाङ । दाङमा एक प्रहरी सहायक हवल्दारले प्रहरीमै रहेकी आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । आज साँझ ७ बजेतीर राती जिल्लाको घोराही उपमहानगरपालिका १५ को दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले ड्युटीमा खटिएकी आफ्नै श्रीमती महिला प्रहरी धनमाया थापामाथि गोली हानी हत्या गरेका हुन् ।

गोली प्रहारबाट शक्त घाइते धनमायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुरले घोराही आएर डिउटीमा खटिएकी श्रीमती धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायतले जानकारी दिए ।

श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई एक घण्टापछि राती ८ बजे लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा उनले बताए । हत्याको कारण सम्पुर्ण खुल्न बाँकी रहेको तर उनिहरुबीच सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार