संसदमा एमाले र रास्वपाले भन्योः भौतिकमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरियोस


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्खास्त गर्न संसदमा आवाज उठेको छ । अहिले बसिरहेको संसद बैठकमा नेकपा एमाले र रास्वपाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसंग माग गरेका हुन् । संसद बैठकको विशेष समयमा बोल्दै एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले बालकुमारी घटनामा सरकारी छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनलाई बर्खास्त गर्न माग गरेका छन् ।

पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको थियो । उक्त घटनाको छानविन गर्दा मन्त्री दोषी पाइएका छन् ।

छानवि समितिले फागुन ४ गते प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिएको उल्लेख छ । उक्छ घटनामा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार