नायिका रेखा थापाले छोरी जन्माइन्, नाम के राखे ?


काठमाडौं। चर्चित नायिका रेखा थापाले छोरी जन्माएकी छन्। उनले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । नायिका थापाले अमेरिकामा जन्माएको छोरीको नाम भने वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

दुई महिनाअघि अमेरिका गएकी रेखाले आज क्लोराडोको एक अस्पतालमा छोरी जन्माएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । जन्मनेबितिक्कै छोरीको नाम वैभवी राखिएको उनले बताइन्।

नायिका थापाले फेसबुकमार्फत सार्वजनिक गरेको तस्विरमा उनका श्रीमान बलराम शाही ठकुरीले छोरीलाई काखमा लिएको तस्विर पनि देखिएका छन् ।
बच्च जन्माउन अमेरिका गएको भन्दै उनकै पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेन समेतले विरोध गरेका थिए । जसको नायिका थापाले तत्कालै प्रतिकार गर्दै लिँगदेन आफैले आफ्नी छोरी, बहिनी लगायत आफन्तलाई अमेरिका पठाएको पर्दाफास गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार