गठबन्धनका नयाँ मन्त्रीको शपथ पाँच बजे, को को बन्दैछन् मन्त्री


काठमाडौँ । नयाँ गठबन्धनबाट बन्ने नयाँ  मन्त्रीहरूको शपथ आजै हुने भएको छ । नयाँ मन्त्रीहरुको शपथ आजै साँझ ५ बजे गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि उनीहरुको शपथ आजै हुने भएको हो ।

पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेकोले सोही अनुसार अपराह्न ५ बजेको लागि कार्यालयले तयारी गरिरहेको बताइएको छ ।
नयाँ मन्त्रीमा पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्यालले शपथ लिने तयारी भइरहेको छ ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार