रविले प्रहरीलाई भनेः ‘मलाई होइन, मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुस’

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई कानुनअनुसार काम गर्न अपिल गरेका छन ्। सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले प्रहरीले आफुलाई नभई आफुले प्रहरीलाई सलाम गर्ने गरीकाम गर्न अपिल गरेका छन् । उनले प्रहरीलाई कानुनी राज्य भनेको के हो,त्यो देखाइदिन समेत आग्रह गरेका छन् ।

अपराधीक र गैरकानुनी काम गरिरहेकाविरुद्ध कारवाही गर्न आफ्नो वा कसैको निर्देशन नकुर्न र ऐन कानुनअनुसार कारवाही गर्न पनि उनले प्रहरीलाई आग्रह गरेका छन् ।

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल भन्दै गृहमन्त्री लामिछानेले लेखेका छन्, “देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार