मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु

काठमाडौं । मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको मासकार्गो नजिककै सेपागँमा दुर्घटना हुँदा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको हो। बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र  विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल हवाई अड्डा (केएलआईए) का जिल्ला प्रहरीका सहायक प्रमुख आयुक्त जुल्किफली अदमशाहका अनुसार घटनाबारे प्रारंभिक अुसंधानका क्रममा ४३ जना मास्कार्गो कम्पनीमा आवद्ध विदेशी कामदारलाई उनको छात्राबास निलई, नेगेरी सेम्बिलन भन्ने ठाँउमा पुर्याउन जाँदा बस पल्टिएर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार