ओलीले भनेः ‘कपाल पलाउन थालेको छ, २० वर्ष कसैले आस नगरे हुन्छ’

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष पार्टीको नेतृत्व गर्ने दावी गरेका छन् । आज पोखरामा पार्टीको कास्की जिल्ला कमिटीमा निर्वाचित पदाधीकारीहरुलाई सपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अझै २० वर्ष पार्टीको नेतृत्व गर्ने दावी गरेका हुन् ।
आफ्नो टाउकामा झरेका कपाल फेरि पलाउन थालेकाले आगामी बीस बर्ष पार्टीमा अरुले आस नगरे हुन्छ पनि भने । केपी ओली नभइदिएको भए आफै रंजाई गर्ने कतिपयको कल्पना समेत रहेको उनको भनाई थियो । धेरैले एमालेबिनाको नेपाल पनि कल्पना गरेको उनले बताए ।

‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ’,ओलीले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस–माओवादी गठबन्धन आफुले तोडेको बताए । कुनै विदेशीले नभई आफुहरुले माओवादी–काँग्रेस गठबन्धन तोडेको उनले दावी गरे । आफुहरु मिसन ८४ भनेर अघि बढिरहेकाले एमाले नेता, कार्यकर्ताहरु त्यसैगरी पार्टी काममा लाग्न आग्रह पनि गरे । एमालेसहितको नयां गठबन्धन विदेशीले नभई आवश्यक ठानेर आफुहरुले नै बनाएको पनि ओलीले प्रष्ट पारे ।

काँग्रेससंगको गठबन्धन निकम्मा र भ्रष्ट रहेको अध्यक्ष ओलीले आरोप लगाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार